मोहन बस्याल । गाउँ गाउँले भरिएको नेपालको तिब्र आर्थिक बिकाशका लागि दक्षिण कोरियाले अपनाएको रणनिति अपनाउन सकिने पश्चिम नेपालका बिभिन्न जिल्लाका अगुवाले बताएका छन् । बिश्वयुद्ध र त्यस लगतै भएको गृह युद्धका कारण तहस नहस बनेको दक्षिण कोरियाले गाउँको बिकासलाई प्राथमिकता दिएर थालेको बिकाशको अभियानका कारण ५० बर्षको अन्तरालमा बिश्वका धनी मुलुकको सुचीमा आफुलाई उभ्याउन सफल भएकाले नेपालले पनि सो रणनिति लिदा उपयुक्त हुने महसुस गरेका हुन् ।
कोरियाली बिकाशका लागि महत्वपुर्ण भुमिका निर्बाह गरेको सेमाउल उन्दोङ्ग अर्थात नयाँ गाउ अभियान बारे प्रचार प्रसारका लागि काम गर्दै आएको नेपाल सेमाउल सेन्टरले दश जिल्लामा संचालन गरेको बृतचित्र प्रर्दशनी तथा राष्ट्रिय तालिममा सहभागि अगुवाहरुले स्थानीय सहभागिता र अग्रसरतामा सानो सानो बस्ति , टोल , गाउँबाट बिकासका आधार निर्माण गर्न सके मात्र दिगो बिकाश सम्भव भएको बताएका हुन् ।
कैलालीको धनगढी , कञ्चनपुरको महेन्द्रनगर , सुर्खेतको बिरेन्द्रनगर , बाँकेको नेपालगंज , दाङ्गको घोराही , अर्घाखाँचीको सन्धिखर्क, कपिलबस्तुको तौलिहवा , रुपन्देहीको भैरहवा, पाल्पाको तानसेन र नवपरासीको परासी बजारमा सेमाउल उन्दोङ्गको बृत्तचित्र प्रर्दशनी तथा एक दिने राष्ट्रिय तालिम संचालन गरिएको थियो । दशवटै जिल्लाको जिल्ला बिकास समितिको सभाहलमा भएका कार्यक्रममा जिल्ला बिकाश समिति , जिल्ला कृषि बिकाश कार्यालय, उधोग बाणिज्य संघ , जिल्लाका सहकारी संघ तथा सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधि ,पत्रकार लगायत सामाजिक संघ संस्थाका प्रतिनिधिको सहभागिता रहेको नेपाल सेमाउल सेन्टरका अध्यक्ष प्राध्यापक नवराज पन्तले जानकारी दिनु भयो । कैलालीको धनगढीमा २६, कञ्चनपुरको महेन्द्रनगरमा २५ , सुर्खेतको बिरेन्द्रनगरमा ७२ , बाँकेको नेपालगंजमा १३ , दाङ्गको घोराहीमा ३८ , अर्घाखाँचीको सन्धिखर्क ७८, कपिलबस्तुको तौलिहवामा २४ , रुपन्देहीको भैरहवामा १९, पाल्पाको तानसेनमा ३३ र नवपरासीको परासीमा ४२ जनाको सहभागिता रहेको थियो ।
दक्षिण कोरियाले सन १९५०को दशकबाट शुरु गरेको प्रयासबाट अहिले बिश्वकै शक्तिशाली र धनि मुलुको सुचीमा आफुलाई सुचीकृत गरि सकेको छ । भोकमरीका बेला नेपालले चामल सहयोग गरेकाले दक्षिण कोरियाले नेपालमा बिभिन्न क्षेत्रमा सघाउका कार्यक्रम संचालन गर्दै आएको छ । सिमाउल उन्दोङ्ग अर्थात नयाँ गाउँ अभियान नेपालमा चितवनको पिप्ले गाबिसमा संचालन गरिदै आएको छ । कुनै बेला भोकमरीका कारण सल्लोको बोक्रा समेत खानबाध्य दक्षिण कोरीयाली नागरीकले कसरी मुलुकलाई सम्बृद्ध बनाए भन्ने बिषयमा तयार पारिएको बृत चित्रको प्रर्दशनी तथा चितवनको पिप्ले गाबिसमा संचालन गरिएको नयाँ गाउँ अभियानको बारेमा जानकारी पाएपछि धेरै जिल्लाका अगुवाले आफ्नो जिल्लामा पनि गाउँबाट बिकास अगाडी बढाउने अभियान संचालन गर्न प्रतिवद्धता जनाएको नेपाल सेमाउल सेन्टरका अध्यक्ष प्राध्यापक नवराज पन्तले जानकारी दिनु भयो ।
दशवटै जिल्लामा सिमाउल तालिमको सहजीकरण गर्नु भएका पन्तले नेपालको तिब्र विकासका लागि राज्यले गर्ने काम र जनताले गर्नु पर्नेकाम बारे प्रष्ट हुनु पर्ने , राज्यले बिकास निर्माणका लागि पैसा नभएर जिन्सी सामान दिनु पर्ने , तरकारी , फलफुल , पशुपालन ब्यवसायमा मुलुकलाई आत्मनिर्भर बनाउनु पर्ने , पर्यटन र कृषिका पुर्बाधार निर्माणमा ध्यान दिनु पर्ने , परिश्रम , स्वयसेवा र सहकार्यको भावनाले काम गर्नु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा सिमाउल अभियानका केन्द्रिय प्रतिनिधि कोरियन नागरिक जोन उङ्ग चाङ्गले आफ्ना अनुभव र बिचार राख्नु भएको थियो । गएको आईतबार धनगढीबाट शुरु भएको कार्यक्रम शुक्रबार नवलपरासीको सदरमुकाम परासीमा आएर सकिएको हो । यस अघि पुर्बि नेपालका दश जिल्लामा यो कार्यक्रम संचालन गरिएको थियो ।







0 comments:
Post a Comment