आबश्यकता: यस रेडियो मेलम्ची १०७.२ मेगाहर्ज सिन्धुपाल्चोकका लगि एक जना समाचार बाचक आबश्यक परेको हुदा ईच्छुक महानुभाहरुलाई दरखास्तका लगि आह्वान गरिन्छ ।contact:Melamchinews@gmail.com 011-681176
Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Jan 31, 2014

एकीकृत माओवादीको केन्द्रीय समितिको बैठक आज बस्दै

माघ १७ काठमाण्डौ ।एकीकृत नेकपा माओवादी केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । माघ २ गते शुरु भएर झण्डै दुई साता स्थगित भएका बीचमा पटक पटक स्थगित हुँदै आएको बैठक आज बस्न लागेको हो । आजको बैठकमा अध्यक्ष प्रचण्डको प्रतिवेदनमा केहीबेर छलफल गरेर आजै प्रतिवेदन पारित गरिने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । त्यस्तै नेताहरुको कार्यविभाजन पनि गरिने भएको छ । यस्तै आजैको बैठकले संसदीय दलको नेता चयनको विषय पनि टुंग्याउन सक्ने उहाँले बताउनुभयो । लामो विवादपछि संसदीय दलको नेतामा एकीकृत माओवादीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गर्ने लगभग निश्चित गरिसकेको छ । बैठक पार्टी कार्यालय कोटेश्वरमा दिउँसो १ बजे बस्नेछ ।




0 comments:

Post a Comment

Template Information

सत्य तथ्य समाचारका साथ अब हामी चाडै आउदैँ छौप्रतिक्षा गर्नुहोला ।

टेलिकमले मोबाईल सेवामा दिएको ५० प्रतिशतको छुटलाई के भन्नु हुन्छ ?