माघ १७ काठमाण्डौ ।एमाले स्थायी समितिको बैठक आज पनि बस्दैछ । आजको बैठकमा आगामी वैशाख हुने पार्टीको नवौं महाधिवेशनको तयारीका विषयमा छलफल केन्द्रीत हुने भएको छ । तर संसदीय दलको नेता चयनमा देखिएको विवाद र सहमती प्रयासका लागि आज पनि छलफल गरिने उपाध्यक्ष विद्या भण्डारीले जानकारी दिनुभयो । हिजोसम्म दलको नेताम सहमति जुटाउन नसकेको एमालेले २० गतेसम्म सहमति नभए २१ गते चुनावबाट दलको नेता छान्ने निर्णय भने हिजोको बैठकले गरिसकेको छ । बैठक मनमोहन स्मृति प्रतिष्ठान सानेपामा बिहान ९ बजेपछि बस्दैछ ।







0 comments:
Post a Comment