आबश्यकता: यस रेडियो मेलम्ची १०७.२ मेगाहर्ज सिन्धुपाल्चोकका लगि एक जना समाचार बाचक आबश्यक परेको हुदा ईच्छुक महानुभाहरुलाई दरखास्तका लगि आह्वान गरिन्छ ।contact:Melamchinews@gmail.com 011-681176
Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Feb 1, 2014

बियर र मदिरा चाख्ने विद्युतीय जिब्रो आयो

electronicएजेन्सी । स्पेनी अनुसन्धानकर्ताहरूले विभिन्न बियरको प्रकार र तीनमा रहेका मदिराको मात्रा मापन गर्ने इलेक्ट्रोनिक जिब्रो विकास गरेका छन् ।
यसका सिर्जनाकारहरूले यो कृत्रिम जिब्रोले हाल ८२ प्रतिशत सही कार्य गर्नसक्ने बताएका छन् । यसलाई स्वाद पत्ता लगाउने रोबोट सिर्जना गर्ने कार्यमा पहिलो पाइलाको रूपमा हेरिएको छ ।
यस जिब्रोमा २१ वटा इलेक्ट्रोड रहेका छन् र प्रत्येकले एमोनियम, सोडियम, नाइट्रेट तथा क्लोराइड जस्ता फरक रासायनिक यौगिकप्रति प्रतिक्रिया जनाउँछ । उक्त जिब्रो बार्सिलोनाको अटोनोमस विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले तयार गरेका हुन् ।
यस जिब्रोले स्वार्जबियर, लागर, डबल मेल्ट पिलसन, एलसेसन तथा कम मदिरा भएको बियरको स्वाद पत्ता लगाउँछ । यी सबै बियर पत्ता लगाउन यस जिब्रोलाई तालिम दिइएको छ ।
यस जिब्रोमा प्रोग्राम नगरिएको बियर भने यसले पत्ता लगाउन सक्दैन । फुड केमिस्ट्री पत्रिकाले प्रकाशन गरेको एक विज्ञप्तिमा यो जिब्रोले एक दिन स्वाद पत्ता लगाउने रोबोट बनाउन सहयोग गर्ने उल्लेख गरिएको छ ।

0 comments:

Post a Comment

Template Information

सत्य तथ्य समाचारका साथ अब हामी चाडै आउदैँ छौप्रतिक्षा गर्नुहोला ।

टेलिकमले मोबाईल सेवामा दिएको ५० प्रतिशतको छुटलाई के भन्नु हुन्छ ?