काठमाडौं, १६ माघ : अमेरिकाका गोप्य सूचनाहरु सार्वजनिक गरेर चर्चामा आएका नेसनल सेक्युरिटी एजेन्सीका पूर्व कर्मचारी एडवार्ड स्नोडेन नोवेल शान्ति पुरस्कारका लागि मनोनयनमा परेका छन् । नर्वेका दुई अभियन्ताले स्नोडेनले संसारलाई सूचित गर्न योगदान गरेको भन्दै नावेल शान्ति पुरस्कारको लागि मनोनयन गरेका हुन् ।
नर्वेको समाजवादी पार्टीका नेता ब्राढ भेगर र स्नोरी भेलेनले स्नोडेनलाई शान्ति पुरस्कारका लागि सिफारिस गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । स्नोडेनले अमेरिकी गोप्य अपरेशनका जानकारी सार्वजनिक गरिदिएपश्चात उत्पन्न बहस र त्यसले ल्याएको नीतिगत परिवर्तनले शान्त र स्थिर बिश्वका लागि सहयोग पु¥याएको उनीहरुको ठहर छ ।
अमेरिकाका जासुसी क्रियाकलापहरु सार्वजनिक गराएका देशै छाडेर बाहिरिएका स्नोडेन हाल रुसमा शरण लिइरहेका छन् । सन् २०१४ को नोवेल शान्ति पुरस्कारका लागि यही फेब्रअरी १ तारिखसम्म मनोनयन र सिफारिस बुझाउनुपर्ने अन्तिम मिति तोकिएको छ ।







0 comments:
Post a Comment